स्वास्थ्य

घ्यू कुमारीको प्रयोग यसरी गर्नुहोस् , कपाल फुल्नबाट जोगाउँछ

औषधीय गुणले भरिपूर्ण एलोबेरा अर्थात घ्यू कुमारीको प्रयोगले अनेकौ समस्यालाई समाधान गर्छ । आयुर्वेदिकमा संजिवनी मानिने घ्यू कुमारीले छालादेखि लिएर कपालको सौन्दर्यलाई बढाउने जस्ता कामहरु गर्छ । भिटामिन ए र सि पाइने भएकाले घ्यू कुमारीको जुस पिउनाले विभिन्न किसिमका रोगहरुलाई निर्मुल पार्छ । यसले धेरै औषधीको काम गर्छ ।

त्यस्तै एलोबेरा अर्थात घ्यु कुमारीको जुस पिउनाले पेटको रोग वायु, अल्सरल, अम्लपिता आदिको समस्या हट्छ । जोड्नी दुखेको रंक्तसञ्चारको रुपमा एलोबेरालाई निकै उपयोगी मानिन्छ । यसले कपाललाई सुन्दर चम्किलो बनाउनुको साथै व्यक्तिलाई नयाँ जीवन प्रादन गर्छ । यसले रुखो कपाल भएको चाया पर्ने जस्ता समस्यालाई समेत हटाउँछ ।

घ्यु कुमारीले कपालमा स्याम्पूको पनि काम गर्छ । बाक्लो लामो तथा सुन्दर कपाल बनाउने काम एलोबेराले गर्छ । कपाल टुक्रिने फुल्ने वा सेतो हुने जस्ता समस्याबाट पनि एलोबेराले हटाउँछ ।

Comment here