सामाज

जनताको यसरी घरघरमा पुग्थे राजा वीरेन्द्र, अहिलेका प्रधानमन्त्री ओली हेलिकोप्टरबाटै निरीक्षण गर्छन्

काठमाडौं, १९ चैत । आइतबार साँझ बारा र पर्साका केही गाउँपालिकामा आएको भीषण हावाहुरीले १५ सय बढी घर भत्किएको अनुमान गरिएको छ । अहिलेसम्म आधिकारिक रूपमा २७ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ६ सय बढी पुगेको छ ।

प्रभावितस्थलको दृश्य हेर्दा भूकम्पले गरेको विनाशको झल्को दिलाउँछ । केही मिनेट चलेको हुरीले अर्बौंको क्षति पुगेको छ । कतिका बास उजाडिएको छ । कतिको परिवार गुमेको छ । दैवी विपत्ति बाजा बजाएर आउँदैन, तर त्यसको न्यूनीकरण र भइसकेपछि उद्धार र राहतमा भने सरकारको ध्यान जानुपर्छ ।

सोमबार बारा र पर्साका प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी ओलीदेखि विभिन्न राजनीतिक दलका नेता पुगेका थिए । प्रधानमन्त्री ओलीले भने नेपाली सेनाको ‘स्काई ट्रक’ बाटै निरीक्षण गरे । उनी घटनास्थलमा पुगेनन् । नारायणी क्षेत्रीय अस्पताल र कलैया अस्पताल पुगेर काठमाडौं फर्के । प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट निरीक्षण गरेको तस्बिर सामाजिक सञ्जाल र मिडियामा व्यापक सेयर भए । धेरैले त्यसको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजा वीरेन्द्रले २०४५ सालमा गएको भूकम्पपछि पीडितको घरघरमा गएर उनीहरूसँग कुराकानी गरेको तस्बिर राख्दै प्रधानमन्त्रीको आलोचना गर्न थालेका छन् ।

त्यति मात्र होइन, जापानका प्रधानमन्त्री सिन्जु आवेले जनताको घरघरमा गएर उनीहरूसँग भेटेको तस्बिर अहिले सामाजिक सञ्जालमा व्यापक बनाइएको छ । अमेरिकाको भ्रमण गर्न लागेका बेला गत वर्ष जापानमा बाढीले ठूलो नोक्सान ग-यो । सिन्जुले तत्काल भ्रमण रद्द गरी बाढी प्रभावित क्षेत्रमा पैदलमै जनताको घरमा पुगेर क्षतिको विवरण आफै लिए । यसले उनी जनताका दुःखमा कति गम्भीर र चिन्तित छन् भन्ने देखाउँछ । नेपालमा भने सकभर जनताको दुःखमा साथ दिन नपरे हुन्थ्यो भन्ने मानसिकता नेतामा देखिन्छ ।

Comment here