राजनीतिसमाचार

जम्मा ४२ पटक ‘मेरो सरकार’, गल्ती कसको ?

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा ४२ पटक मेरो सरकार भन्ने पदावली प्रयोग गरेकी छिन् ।

आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले चौतर्फी यसले तरंग सिर्जना गरेको छ ।

पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यसमा राष्ट्रपति कार्यलयको नै कमजोरी रहेको पाइएको छ । मन्त्रालयले पठाएको योजनालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एकिकृत गरेर फाइनल गरिसकेपछि राष्ट्रपति कार्यलयमा पठाइन्छ र राष्ट्रपति कार्यलयले भाषा सम्पादनदेखि राष्ट्रपतिलाई पटक पटक अध्ययन गर्न दिइने प्राबाधान गरेको छ ।
यसरी हेर्दा राष्ट्रपतिमा राजा महाराजाको भुत चडेको हो या उनका आसेपासेले चाप्लुसी गर्नका लागि यसो गरेका हुन त्यो भने जान्न जरुरी छ ।

Comment here