सामाज

चीनप्रति लक्षित गर्दै अमेरिकी राजदूतले भने, अमेरिका नेपाललाई सबैभन्दा ठूलो अनुदान दिने देश हो, ऋण होइन

अमेरिका र चीनबीचको प्रतिस्पर्धामा नजानिँदो ढंगले नेपाल पनि मिसिन पुगेको छ । चीनको छिमेकी देश भएकाले अमेरिकाले आफ्नो साह्रा ध्यान अहिले नेपालमा केन्द्रित गरेको छ । त्यसका विभिन्न परिदृश्य बेलाबेला देखिने गरेको छ ।

यसै क्रममा बुधबार बिहान अमेरिकी राजदूत रेन्डी बेरीले गरेको ट्विटबारे यतिबेला सबैको ध्यानाकृष्ट भएको छ । राजदूत बेरीले ‘अमेरिका नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र भएको, नेपालमा चालू रहेका सबै प्रोजेक्ट अनुदानमा बन्दै गएको, ऋणमा होइन’ भनेका छन् ।

राजदूत बेरीको स्पष्ट संकेत चीनप्रति लक्षित रहेको बुझिन्छ । किनभने छिमेकी देश भएर पनि भारत र चीनले नेपालमा अनुदानमा ठूलो आयोजना निर्माण गरेका छैनन् । नेपालमा जति पनि योजना निर्माण भइरहेका छन्, ती सबै ऋण सहयोगमा बनेका छन् ।

सोही कारण पनि अमेरिकी राजदूतले अरु देश जस्तो नेपाललाई ऋण सहयोगमा होइन, अनुदानमा आयोजना गर्ने अमेरिका नेपालकै ठूलो दातृराष्ट्र भएको लेखेको हुनसक्ने विश्लेषण गर्न थालिएको छ । अमेरिकाले गत वर्ष मात्रै ५५ अर्ब रुपैयाँ अनुदान दिएको छ । यस वर्ष अनुदान सहयोग थप बढाउने अमेरिकी सरकारको तयारी रहेको बताइएको छ ।

Comment here