मनोरञ्जन

नायक इसाक क्यापीले पुलबाट हाम फालेर गरे आत्महत्या

एजेन्सी – ४२ वर्षका नायक इसाक क्यापीले पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । इसाक चर्चित फिल्म थोरमा आफ्नो महत्वपूर्ण भूमिकाका लागि परिचित छन् ।
यूएसए टुडेको रिपोर्ट अनुसार अभिनेताले एरिजोनाको फ्ल्यागस्टाफ नजिकैको एक पुलबाट राजमार्गमा हाम फालेर आत्महत्या गरेका हुन् । एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यो जानकारी दिएको हो ।
रिपोर्टका अनुसार दुई पुरुषले उनलाई हाम हाल्नबाट रोक्ने कोसिस पनि गरे तर उनीहरु सफल हुन सकेनन् । हाम फालेपछि उनी एक गाडीसँग ठोक्किए जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको जानकारीमा उल्लेख छ ।
उनले थुप्रै चर्चित फिल्ममा साना भूमिका निभाएका थिए । सन् २०११ मा ब्लककस्टर फिल्म थोरमा आफ्नो भूमिकाबाट उनले सबैभन्दा धेरै चर्चा बटुलेका थिए । यसबाहेक सन् २००९ मा रिलिज भएको फिल्म ‘टर्मिनेटर साल्वेशन’ मा उनले बारबारोसा र यसै वर्ष रिलिन भएको फिल्म ‘फ्यानबोयज’ मा गरफनकेलको भूमिका निभाएका थिए ।

Comment here