रास्ट्रीयसमाचार

चाराे बोकेको ट्रकबाट १ सय २० किलो गाँजा बरामद

दाना लोड भएको ट्रकमा लुकाएर ओसार्न लागिएको गाँजा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दाना लोड भएको ट्रकबाट १ सय २० केजी गाँजा बरामद गरेको हो । चितवनबाट विजय नामक कुखुराको दाना लोड गरेर बाराको परवानीपुर लैजाँदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा मकवानपुर प्रहरीको टोलीले हेटौंडा ३ लेवटबाट ट्रकमा दानाको तल लुकाएर लाँदै गरेको अवस्थामा ११ पोकामा कुल १ सय २० केजी गाँजा बरामद गरिएकाे प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

मकवानपुर प्रहरीले सवारीसाधनमा लुकाएर लाँदै गरेको अबस्थामा दैनिकजसो गाँजा सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्ने गरेको छ । तरपनि गाँजा तस्करहरुले प्रहरीलाई समेत झुक्याएर विभिन्न उपाय अपनाउने गरेको पाइएको छ ।

प्रहरीले गाँजासहित ट्रकका मालिक चालक राक्सीराङ ३ का सुकलाल थिङ र सहचालक नमराज दर्जीलाई समेत पक्राउ गरिएको उपरिक्षक सिंहले बताए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना हुने प्रहरीले जनाएको छ । ट्रक पनि जफत हुनेछ ।

पछिल्लो समय गाँजा तस्करीको लागि उच्च ओहदाका व्यक्तिका सवारी साधन, एम्बुलेन्स, तेल ट्याङ्करलगायत मालबाहक सवारी साधन प्रयोग हुने गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।

Comment here