स्वास्थ्य

चिकित्सा जगतमा नयाँ चमत्कार, एक महिलाले जन्माइन् बाबु फरक फरक भएका जुम्ल्याहा बच्चा

काठमाडौ । चीनको जियामेनमा एकजना महिलाले बाबु फरक फरक भएको जुम्ल्याहा बच्चा जन्माएकी छिन् । जब जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण वा डिएनए टेष्ट गर्दा फरक फरक भएको पत्ता लागेको थियो । तर ती महिलाले आफ्नो श्रीमानवाहेक अरुसँग सम्बन्ध नरहेकाले यो रिपोर्ट झुटो भएको बताएकी थिइन् । साथै उनको श्रीमानले पनि डिएनए रिपार्ट झुटो भन्दै पुन परिक्षण गर्न लगाएको थियो ।

त्यसपछि न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गर्दा पनि जुम्ल्याहा बच्चा फरक फरक बाबुको नै भएको रिपोर्ट आयो । अन्तत ती महिलाको झुट लुकाउन नसकेपछि आफुले श्रीमान वाहेक परपूरुषसँग पनि शारिरिक सम्बन्ध राखेकाले सोही सम्बन्धको बेला गर्भधान भएको हुन सक्ने बताइन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मने बित्तिकै बच्चाको बाबुले आफ्नो एउटा बच्चासँग अनुहार नमिलेको भन्दै गुनासो गरेका थिए । तर अन्तत उनको अनुमान सही भयो । त्यसैले चिकित्सकहरुले पनि चिकित्सा जगतमा यो एउटा नयाँ चमत्कार भएको बताएका छन् ।

Comment here