स्वास्थ्य

चुरोटको धुँवा भन्दा अगरबत्तीको धुँवा खतरानक , ब्रने ट्युमर र ब्रेन क्यान्सरको सम्भावना बढी

काठमाडौँ । हिन्दु धर्मावलम्बीले अगरबत्तीलाई निकै प्रयोग गर्ने गर्छन् । हरेक दिन बिहान बेलुका नियमित रुपमा अगरबत्ती सल्काउने चलन रहेको छ ।अगरबत्तीलाई शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ । अगरबत्तीको सुगन्ध तपाईंलाई राम्रो लाग्न सक्छ र त्यसले तपाईंको मनलाई आनन्द दिन सक्छ । पछिल्लो समय गरिएको एक अध्यनले अगरबत्तीको धुँवा चुरोटको धुँवा भन्दा खतरनाक रहेको बताएको छ । यो खबर पाएपछि मानिसहरु चकित भएका छन् ।

अगरबत्तीबाट निस्केको धुँवाले ब्रेन ट्युमर तथा ब्रेन क्यान्सर जस्तो घातक रोग लाग्ने अनुसन्धाबाट पत्ता लागेको हो । अगरबत्तीमा प्रयोग गरिने धुपमा केमिकल डिएनमा परिवर्तन हुने र यसको धुँवाले शरिरमा जलन हुनुको साथै क्यान्सर हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

संस्कार जोगाउन गरिने एक नियमले व्यक्तिको लागि विशक्त हुने बताएका छन् । सानो परिणममाथि गरिएको अनुसन्धानमा चार वटा अगरबत्ती र एक चुरोटकोे तुलनामा अगरबत्तीको प्रभाव धेरै देखिएकाले यसको प्रयोग कम गर्न विशेषज्ञहरुल सुझाव दिएका छन् ।

Comment here