फिचरबिज्ञान प्रबिधि

इन्टरनेट बैंकिङ कारोबारको सीमा बढाइयो, अब दैनिक ५० हजारसम्म भुक्तानीको सुविधा

काठमाडौं– नेपाल राष्ट्र बैंकले मोबाइल इन्टरनेट बैंकिङ कारोबारको सीमा करिब ५ गुणाले बढाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वयन गर्न सरोकारवालाई निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङको माध्यमबाट दैनिक ५० हजारसम्मको भुक्तानी गर्न पाइनेछ । यस्तै इन्टरनेट बैंकिङको माध्यमबाट दैनिक १० लाखसम्मको कारोबार गर्न पाइनेछ ।

Comment here