भिडियोमनोरञ्जन

डि आर अटुको संगीत र जिविहाङ राई र किशु गुरुङको सुमधुर आवाजमा रहेको पुर्वेली गीत”सोल्टिनी ज्यु “सार्वजनिक

काठमाडौँ |संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘ सोल्टिनी ज्यु ’ गीतको भिडियो सार्वजनिक भएको छ  । दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए ।

 

नवराज उप्रेतिको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ सोल्टिनी ज्यु’ गीतको भिडियोमा मरिष्का पोखरेल, उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।‘ सोल्टिनी ज्यु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला |

 

Comment here