जीवन शैली

गोठालाले राजालाई भने–म पनि सम्राट हुँ, तर मसँग साम्राज्य छैन

काठमाडौं। प्रचलित एउटा लोक कथाका अनुसार पुरानो समयका एक राजा आफ्नो राज्यको समस्याका कारण तनावमा थिए। जे गरेपनि राजाको समस्या समाधान भइरहेको थिएन। एक दिन राजा एक्लै जंगलमा घुम्न निस्किए।

राजाले जंगलमा बाँसुरीको मधुर आवाज सुने। बाँसुरी बजेको दिशातर्फ अगाडि बढे। केही अगाडि बढेपछि राजाले एक युवकलाई देखे। ती युवक निकै शान्त र प्रसन्न देखिएका थिए। उनी जंगलमा गाई चराउन गएका गोठाला थिए।

राजाले तीन युवकलाई आफ्नो परिचय दिए र भने–तिमी यति प्रशन्न कसरी भयौ? तिमीलाई हेर्दा तिमी यो राज्यको सम्राट जस्ता पनि देखिन्छौ।’
ती युवकले भने–हे राजन! म पनि राजा नै हो। तर मसँग कुनै साम्राज्य छैन र म भगवानसँग यही प्रार्थना गर्छु मलाइ कुनै साम्राज्य नदिनुस्! साम्राज्य पाएपछि व्यक्ति राजा होइन, सेवक बन्छ। उमाथि पूरै प्रजाको भार जान्छ।’

युवकको कुरा सुनेर राजा चकित परे। राजाले कुरा बुझे। राजासँग धनसम्पत्ति जति धेरै भएपनि मनको शान्ति त्यहाँ प्राप्त हुन्छ, जहाँ व्यर्थ विचारमा नउल्झिने मानिस हुन्छन्।

यी युवकले राजालाई वास्तविक सुख स्वतन्त्रतामा पाइने बताए। स्वतन्त्रता पाउनकालागि विचारदेखि स्वतन्त्र हुन आवश्यक छ। जब मनमा वैचारिक द्वन्द्व कामय रहन्छ, तब मन अशान्ति हुन्छ भने तनाव कम हुँदैन। मनलाई स्वतन्त्र बनाएपछि मात्रै चिन्ताबाट मुक्ति पाइन्छ। युवकको कुरा सुनेर राजाको मन पनि प्रसन्न भयो र उनले ती युवकलाई सम्मान गरे।

Comment here